दक्षिण कोरियामा ‘नेपाल महाविपत्ति शोक सभा’ तथा सहयोग–समन्वय अभियान आयोजना हुँदै

0
27

सोल, दक्षिण कोरिया । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै दक्षिण कोरियामा ‘नेपाल महाविपत्ति शोक सभा, सहयोग तथा समन्वय अभियान–२०२६’ आयोजना हुने भएको छ। यस अभियानबारे सार्वजनिक सूचना पनि प्रकाशित गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग, दक्षिण कोरियाको आयोजनामा हुन लागेको कार्यक्रममा रुसुवा, नुवाकोटलगायत नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति शोक व्यक्त गर्दै पीडितका लागि सहयोग जुटाउने तथा समन्वय गर्ने उद्देश्य राखिएको छ।

आयोजकका अनुसार कार्यक्रम अगस्ट ३०, २०२६ आइतबार दक्षिण कोरियाको सोलस्थित नमस्ते रेस्टुरेन्टको सभाहलमा आयोजना हुनेछ। कार्यक्रम दिउँसो १ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

आयोजकले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई विपत्तिमा परेका नेपालीप्रति ऐक्यबद्धता जनाउन तथा राहत तथा सहयोग अभियानमा हातेमालो गर्न आग्रह गरेको छ।

कार्यक्रम: नेपाल महाविपत्ति शोक सभा, सहयोग तथा समन्वय अभियान–२०२६
मिति: अगस्ट ३०, २०२६ (आइतबार)
समय: दिउँसो १:०० देखि ३:०० बजेसम्म
स्थान: नमस्ते रेस्टुरेन्टको सभाहल, दोङ्देमुन, सोल (स्टेशन Exit-5)

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्