दक्षिण कोरियामा रहेको ग्लोबल मनी एक्सप्रेस (GME) ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपालीका लागि २ करोड कोरियन वन (KRW 20,000,000) आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
GME नेपालका मार्केटिङ प्रमुख सन्दीप थापाले जानकारी दिँदै, गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ।
थापाका अनुसार GME ले नेपाल सरकारको आधिकारिक राहत संयन्त्रमार्फत २ करोड वन सहयोग गर्ने निर्णय गरेको हो। साथै, यस संवेदनशील समयमा नेपालमा पैसा पठाउने नेपालीहरूलाई सहज होस् भन्ने उद्देश्यले GME मार्फत नेपाल पठाइने रेमिट्यान्समा सेवा शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ।
GME ले कोरियामा रहेका प्रत्येक नेपालीको सुख–दुःखमा आफूहरू साथमा रहेको जनाउँदै विपत्तिको यस कठिन घडीमा प्रभावित नेपालीको उद्धार, राहत तथा पुनःस्थापनामा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
“नेपाल र नेपालीसँगै GME” भन्ने भावनाका साथ GME ले मानवीय सहयोग अघि बढाएको हो।






