कोरियाबाट हालसम्मकै ठूलो संस्थागत सहयोग : गोरखा परिवार दक्षिण कोरियाद्वारा प्रधानमन्त्री विपद् कोषमा ३ लाख रुपैयाँ

0
23

दक्षिण कोरिया — नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि गोरखा परिवार दक्षिण कोरियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख रुपैयाँ सहयोग गरेको छ।

दक्षिण कोरियामा रहेका नेपाली संघ–संस्थाहरूले विपद्को समयमा मातृभूमिप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने क्रम जारी रहेको बेला, गोरखा परिवार दक्षिण कोरियाले हालसम्मकै ठूलो संस्थागत रकम सहयोग गरेको जनाएको छ।

नेपालमा प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडित परिवारहरूको राहत तथा उद्धारमा केही सहयोग पुगोस् भन्ने मानवीय उद्देश्यले उक्त रकम उपलब्ध गराइएको संस्थाले जनाएको छ।

विदेशमा रहेर पनि मातृभूमिमा परेको दुःख र संकटमा साथ दिँदै गरिएको यस सहयोगले प्रवासी नेपाली समुदायको एकता, मानवीय भावना र देशप्रतिको जिम्मेवारीलाई थप उजागर गरेको छ।

विपद्को यस कठिन घडीमा गोरखा परिवार दक्षिण कोरियाले गरेको सहयोगले अन्य संघ–संस्था तथा सहयोगी मनहरूलाई समेत आफ्नो क्षमताअनुसार राहत तथा उद्धार अभियानमा जोडिन प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

मातृभूमि संकटमा पर्दा विदेशबाट पनि साथ र सहयोग गर्ने गोरखा परिवार दक्षिण कोरियाप्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्