बिबी सिंहको नेतृत्वमा ‘हाम्रो साथी कोष’बाट नेपाल सरकारलाई रु. १ लाख ८७ हजार सहयोग

0
17

दक्षिण कोरियामा नेपालीहरूबीच आपतकालीन अवस्थामा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको ‘हाम्रो साथी कोष’, बिबी सिंहको नेतृत्वमा सञ्चालन हुँदै आएको थियो। कोषबाट नेपालमा हालै आएको ठूलो विपत्तिलाई मध्यनजर गर्दै नेपाल सरकारलाई रु. १ लाख ८७ हजार ४५८ रुपैयाँ ७७ पैसा सहयोग गरिएको छ।

कोरियामा नेपालीहरूबीच विगतमा नियमित रूपमा सहयोग अभियान सञ्चालन हुँदै आएपछि अस्पतालमा उपचाररत तथा विभिन्न समस्यामा परेका नेपालीलाई सहयोग गर्न भन्दै महिनाको २ हजार वनका दरले रकम जम्मा हुने गरी ‘हाम्रो साथी कोष’ स्थापना गरिएको थियो।

कोषमार्फत विगतमा धेरै नेपालीलाई सहयोग गरिएको भए पनि पछिल्लो एक–दुई वर्षयता रकम जम्मा हुँदै आएको र तत्काल सहयोग गर्नुपर्ने अवस्था नआएकाले कोषमा संकलित रकम नेपालमा आएको विपत्तिमा उपयोग गर्ने निर्णय गरिएको हो।

कोषमा रहेको सम्पूर्ण रकमसँगै बिबी सिंहले व्यक्तिगततर्फबाट थप ६५ हजार वन योगदान गरी जम्मा रकम नेपाल सरकारलाई पठाइएको जनाइएको छ।

यसैसँगै ‘हाम्रो साथी कोष’ आजैदेखि पूर्ण रूपमा बन्द गरिएको जानकारी दिइएको छ। कोष स्थापनादेखि हालसम्मको सम्पूर्ण आम्दानी तथा खर्चको विवरण केही दिनभित्र सार्वजनिक गरिने बिबी सिंहले बताउनुभएको छ।

कोषमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति बिबी सिंहले धन्यवाद व्यक्त गर्नुभएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्