दक्षिण कोरियामा ‘लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज–२०२६’ आयोजना हुँदै

0
59

आउँदै गरेको कोरियाली महान् पर्व छुसक (Chuseok) को अवसरमा दक्षिण कोरियामा ‘लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६’ आयोजना हुने भएको छ।

लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको आयोजना तथा लुम्बिनी प्रदेशअन्तर्गत दक्षिण कोरियामा स्थापित विभिन्न क्षेत्रगत तथा जिल्लागत संघसंस्थाहरूको सहयोग एवं सह–आयोजनामा कार्यक्रम हुन लागेको हो।

कार्यक्रम संस्थाको आपत्कालीन राहत कोष स्थापना गर्ने पवित्र उद्देश्यका साथ आयोजना गर्न लागिएको समाजका अध्यक्ष हिमाल खनालले जानकारी दिनुभयो।

अध्यक्ष खनालका अनुसार दक्षिण कोरियामा विभिन्न पेसा, व्यवसाय, रोजगारी तथा अध्ययनका सिलसिलामा रहनुभएका नेपाली समुदायलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको हो। उहाँले कार्यक्रमलाई सफल बनाउन दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीजनलाई कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा समेत गर्नुभएको छ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाको विशेष सांगीतिक प्रस्तुति रहनेछ। साथै नेपाली मौलिक संस्कृति झल्काउने नौमती तथा पञ्चेबाजाको आकर्षक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ।

 २०२६ सेप्टेम्बर २५ गते, शुक्रबार समय: साँझ ८:०० बजेबाट स्थान: 서울시 종로구 종로 63-8, 2층 파나라마पहुंच: ट्रेन लाइन नं. १ को 종각역 (Jonggak Station) गेट नं. ३ बाट करिब १०० मिटरको दूरीमा।

कार्यक्रममार्फत नेपाली कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धनसँगै दक्षिण कोरियामा रहेका नेपालीबीच आपसी सद्भाव, सहकार्य र एकतालाई थप मजबुत बनाउने उद्देश्य राखिएको छ।

समाजले आपत्कालीन राहत कोष स्थापना गरी भविष्यमा दक्षिण कोरियामा रहेका नेपाली समुदायका सदस्यलाई आइपर्न सक्ने आकस्मिक तथा विपद्का समयमा सहयोग पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्