विज्ञान, प्रविधि र नवप्रवर्तनमा नेपाल–दक्षिण कोरिया सहकार्य विस्तारबारे छलफल

0
13

काठमाडौं, साउन ६ – विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनसँग दक्षिण कोरियाका लागि नेपाली राजदूत पार्क तेयुङले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटका क्रममा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्धका विविध पक्षबारे विचार आदानप्रदान हुनुका साथै विज्ञान, सूचना प्रविधि (आईटी) तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको थियो।

राजदूत पार्कले दुई देशबीच विज्ञान तथा प्रविधिको क्षेत्रमा सहकार्य अझ सुदृढ बनाउन दक्षिण कोरिया सकारात्मक रहेको बताएका थिए। मन्त्री पुनले पनि प्रविधि, अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा आपसी सहकार्य बढाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्