राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग, दक्षिण कोरियाले प्रतिनिधिसभा सदस्य दीपक बोहरा र बसुमाया तामाङसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम २०८३ साउन १० गते आइतबार (२६ जुलाई २०२६) दिउँसो १:०० बजे सियोलस्थित 종로구 창신길 ५१, ५층 새마을금고 मा आयोजना हुनेछ। उक्त स्थान दोंगदेमुन स्टेशन (Exit नं. १) बाट करिब १०० मिटर अगाडि रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा दक्षिण कोरियामा रहेका नेपालीहरूले सांसदद्वयसँग प्रत्यक्ष संवाद गर्दै आफ्नो जिज्ञासा, सुझाव र समसामयिक विषयमा खुला रूपमा अन्तरक्रिया गर्न सक्नेछन्।
आयोजक प्रवास नेपाली सम्पर्क विभाग, दक्षिण कोरियाले कार्यक्रममा उपस्थित भई आफ्नो धारणा राख्न सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेको छ।






