दक्षिण कोरिया, जुलाई १९, २०२६। शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष श्री दोर्जे शेर्पाले व्यक्तिगत कारण तथा कार्यव्यस्तताका कारण संस्थालाई आवश्यक समय दिन असमर्थ हुने जानकारी गराएपछि कार्यसमितिको आकस्मिक बैठक बसेको छ।
सुवनस्थित ग्रेटर नेपाल लजमा निर्वाचन मण्डल प्रमुख श्री युगेल तेन्डुप शेर्पाको संयोजकत्वमा सम्पन्न विशेष अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदमा आवश्यक फेरबदल गर्दै बाँकी कार्यसमितिलाई यथावत राखी नयाँ कार्यसमिति गठन प्रक्रिया सम्पन्न गरेको हो।
नवनिर्वाचित कार्यसमितिअनुसार दोर्जे शेर्पा (खोटाङ) अध्यक्ष, फुर्बा शेर्पा (सोलुखुम्बु) वरिष्ठ उपाध्यक्ष तथा फुर्तेम्बा शेर्पा (खोटाङ), जाङबु शेर्पा ‘डेनिस’ (सोलुखुम्बु), पासाङ दावा शेर्पा (संखुवासभा), दिकि शेर्पा (इलाम) र फुर्वा शेर्पा (सोलुखुम्बु) महिला उपाध्यक्षमा चयन भएका छन्।
त्यसैगरी निम्नुरी खापा शेर्पा (उदयपुर) महासचिव, सन्तोष शेर्पा (खोटाङ) सचिव, दिकु शेर्पा (सोलुखुम्बु) महिला सचिव, जाङबु शेर्पा (सोलुखुम्बु) कोषाध्यक्ष तथा ङिमा ग्याल्जे शेर्पा (सोलुखुम्बु) सहकोषाध्यक्षमा चयन भएका छन्।
सांस्कृतिक विभाग प्रमुखमा आङ दाली शेर्पा, युवा तथा विद्यार्थी संयोजकमा सोनम शेर्पा, खेलकुद संयोजकमा पासाङ शेर्पा चयन भएका छन्। साथै विभिन्न जिल्लाका प्रतिनिधित्व रहने गरी अन्य सदस्यहरूलाई यथावत राख्दै ३६ सदस्यीय कार्यसमिति गठन गरिएको जनाइएको छ।
विशेष अधिवेशनले नयाँ नेतृत्वमार्फत शेर्पा समुदायबीचको एकता, सांस्कृतिक संरक्षण तथा दक्षिण कोरियामा रहेका नेपाली शेर्पा समुदायको हितमा संस्थालाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने विश्वास व्यक्त गरेको छ।






