दक्षिण कोरियामा रुपन्देही सम्पर्क समितिको दुईदिने पिकनिक तथा खेलकुद कार्यक्रम भव्य रूपमा सम्पन्न

0
32

रुपन्देही सम्पर्क समिति, दक्षिण कोरियाको आयोजनामा जुलाई १८ र १९ गते सम्पन्न दुईदिने पिकनिक तथा खेलकुद कार्यक्रम भव्य, सभ्य र सफलतापूर्वक सम्पन्न भएको छ।

समितिका अध्यक्ष दिनेश पराजुलीका अनुसार कार्यक्रमका अवसरमा रुपन्देही सम्पर्क समितिको फुटबल तथा भलिबल टोलीका लागि तयार गरिएको नयाँ जर्सीको औपचारिक उद्घाटन गरिएको थियो। साथै उत्साहपूर्ण वातावरणमा फुटसल प्रतियोगिता समेत सफलतापूर्वक सम्पन्न भएको उनले जानकारी दिए।

कार्यक्रममा दक्षिण कोरियामा रहेका नेपालका पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्ला तथा समुदायका प्रतिनिधिहरू, विभिन्न सामाजिक तथा क्षेत्रीय संघ–संस्थाका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार तथा नेपाली समुदायका दाजुभाइ–दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विविध क्षेत्रबाट प्राप्त आत्मीय साथ, सहयोग र सहभागिताले कार्यक्रमलाई अझ भव्य र ऐतिहासिक बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

अध्यक्ष दिनेश पराजुलीले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय तथा सहभागिता जनाउने सम्पूर्ण व्यक्ति, संघ–संस्था, स्वयंसेवक, पत्रकार तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले सहभागीहरूको अमूल्य समय, माया, सहयोग, सद्भाव र उत्साहपूर्ण उपस्थितिका कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सद्भावको अपेक्षा रहेको बताए।

रुपन्देही सम्पर्क समिति, दक्षिण कोरियाले नेपाली समुदायबीच आपसी एकता, भाइचारा तथा सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउन आगामी दिनहरूमा पनि यस्ता सामाजिक, सांस्कृतिक तथा खेलकुद कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्