दक्षिण कोरियामा विशेष भेटघाट तथा वनभोज कार्यक्रम हुँदै

0
24

सोल। दक्षिण कोरियामा रहेका नेपालीहरूबीच आपसी एकता, सद्भाव, आत्मीयता र भाइचाराको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यका साथ रुपन्देही सम्पर्क समिति, दक्षिण कोरिया ले आगामी जुलाई १८ र १९, २०२६ मा ‘विशेष भेटघाट तथा वनभोज कार्यक्रम–२०२६’ आयोजना गर्ने भएको छ।

समितिले यो कार्यक्रम कुनै एक जिल्ला वा समुदायमा सीमित नभई दक्षिण कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूको साझा भेटघाट र उत्सवका रूपमा आयोजना गरिएको जनाएको छ। विदेशको व्यस्त जीवनबाट केही समय निकालेर प्रकृतिको रमणीय वातावरणमा भेटघाट, चिनजान, अनुभव आदानप्रदान तथा नेपालीपनलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।

दुईदिने कार्यक्रममा सामूहिक वनभोज, सांगीतिक मनोरञ्जन, स्वादिष्ट नेपाली परिकार, विभिन्न रमाइला खेलकुद प्रतियोगिता तथा आपसी सम्बन्धलाई प्रगाढ बनाउने विविध गतिविधि समावेश गरिएका छन्।

कार्यक्रम ग्याङ्गी–डोको गाप्यङ क्षेत्रमा रहेको 늘푸른캠프 पेनसन मा सञ्चालन हुनेछ। आयोजकले दक्षिण कोरियामा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई परिवारसहित सहभागी भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ।

कार्यक्रममा सहभागी हुन इच्छुकहरूले आयोजक समितिले सार्वजनिक गरेका सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गरी थप जानकारी लिन सक्नेछन्।

आयोजकले “विदेशमा हाम्रो सबैभन्दा ठूलो शक्ति भनेकै हाम्रो एकता हो” भन्ने भावनालाई आत्मसात् गर्दै सबै नेपालीलाई कार्यक्रममा सहभागी भई आपसी सम्बन्धलाई अझ आत्मीय, बलियो र दिगो बनाउन आग्रह गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्