कोरियन ब्यूटी कोर्टको ऐतिहासिक पहल गाङ्नामका विश्वस्तरीय अस्पतालसँग सहकार्य गर्दै नेपाल, भारत तथा दक्षिण एसियाली देशका लागि कोरिया मेडिकल टुरिजम सेवा सुरु

0
43

 कोरियाको विश्वप्रसिद्ध मेडिकल तथा एस्थेटिक केन्द्र गाङ्नाम (Gangnam) मा रहेका अन्तर्राष्ट्रिय स्तरका प्लास्टिक सर्जरी, डर्माटोलोजी (स्किन), एस्थेटिक तथा हेल्थ चेकअप अस्पतालहरूसँगको सहकार्यमा कोरियन ब्यूटी कोर्ट ले नेपाल, भारत तथा अन्य दक्षिण एसियाली देशहरूलाई लक्षित गर्दै कोरिया मेडिकल टुरिजम सेवाको औपचारिक सुरुवात गर्ने भएको छ।

कोरियन ब्यूटी कोर्टकी प्रमुख आलिशा नेपाली ले दक्षिण कोरियामा Hospital Coordinator License प्राप्त गरेपछि यो सेवा अझ व्यवस्थित र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्ने तयारी गरिएको बताइएको छ। आफ्नो जानकारीअनुसार, उहाँ दक्षिण कोरियाको Hospital Coordinator License प्राप्त गर्ने सम्भवतः पहिलो नेपाली हुनुहुन्छ।

Hospital Coordinator को भूमिका अन्तर्राष्ट्रिय बिरामी र अस्पतालबीचको महत्वपूर्ण सेतुका रूपमा रहन्छ। यसले बिरामीको स्वास्थ्य अवस्थाअनुसार उपयुक्त अस्पताल तथा विशेषज्ञ चिकित्सक छनोट, उपचारको समय व्यवस्थापन, मेडिकल कागजातको समन्वय, अनुवाद सहयोग, उपचार अवधिको सम्पूर्ण व्यवस्थापन तथा उपचारपछिको फलोअपसम्मको सेवा व्यवस्थित रूपमा उपलब्ध गराउन सहयोग गर्छ।

कोरियन ब्यूटी कोर्टले विशेष रूपमा नेपाल, भारत तथा अन्य दक्षिण एसियाली देशका बिरामीहरूलाई विश्वस्तरीय कोरियन स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ। यसअन्तर्गत छाला रोग उपचार, पिग्मेन्टेसन तथा मेलाज्मा उपचार, एक्ने तथा दाग व्यवस्थापन, एन्टी–एजिङ कार्यक्रम, हेयर ट्रान्सप्लान्ट, प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी, स्वास्थ्य परीक्षण (Health Check-up), दन्त उपचार तथा अन्य विशेषज्ञ चिकित्सा सेवाहरूमा अस्पतालसँग प्रत्यक्ष समन्वय गरिनेछ।

सेवाअन्तर्गत प्रारम्भिक अनलाइन परामर्श, मेडिकल रिपोर्टको मूल्याङ्कन, उपयुक्त अस्पताल र चिकित्सक सिफारिस, उपचार योजना, अनुमानित खर्च, अस्पताल अपोइन्टमेन्ट, उपचार अवधिभर समन्वय तथा आवश्यक परे भाषा सहयोगसमेत उपलब्ध गराइने जनाइएको छ। यसले विदेशी बिरामीलाई सुरक्षित, पारदर्शी र सहज स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

कोरियन ब्यूटी कोर्टका अनुसार, यो पहल केवल मेडिकल टुरिजम व्यवसाय मात्र नभई नेपाल र दक्षिण कोरियाबीच स्वास्थ्य, प्रविधि तथा चिकित्सा सेवामा सहकार्य विस्तार गर्ने एउटा महत्वपूर्ण कदम पनि हो। विशेष गरी कोरियाको आधुनिक स्वास्थ्य प्रणाली, अत्याधुनिक उपकरण, अनुभवी विशेषज्ञ चिकित्सक तथा अन्तर्राष्ट्रिय स्तरको सेवा अब दक्षिण एसियाली बिरामीसम्म व्यवस्थित रूपमा पुर्‍याउने उद्देश्य राखिएको छ।

आलिशा नेपालीले भन्नुभयो, “हाम्रो उद्देश्य बिरामीलाई सही अस्पताल, सही विशेषज्ञ र सुरक्षित उपचारसम्म पुर्‍याउनु हो। कोरियाको उत्कृष्ट स्वास्थ्य सेवाको पहुँच नेपाल, भारत तथा अन्य दक्षिण एसियाली देशका नागरिकसम्म विस्तार गर्नु नै हाम्रो मुख्य लक्ष्य हो।”

कोरियन ब्यूटी कोर्टले आगामी दिनमा विभिन्न प्रतिष्ठित अस्पतालहरूसँग थप सहकार्य विस्तार गर्दै मेडिकल टुरिजम, स्वास्थ्य परामर्श तथा अन्तर्राष्ट्रिय बिरामी समन्वय सेवालाई अझ व्यापक बनाउने योजना पनि सार्वजनिक गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्