Suwon Beauty Court मा विशेष Korean Skin Council & Skin Care कार्यक्रम हुँदै

0
35

दक्षिण कोरियामा कोरियन मेडिकल स्किन केयर तथा एस्थेटिक सेवामा सक्रिय Suwon Beauty Court ले आगामी जुलाई १९ (आइतबार) विशेष “Korean Skin Council & Skin Care” कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रममा Andy Lee (Skin Specialist) तथा Aalisha Didi (Korean Aesthetics Specialist & Korean Hospital Co-ordinator) ले सहभागीहरूको छालाको अवस्था परीक्षण गरी व्यक्तिगत आवश्यकता अनुसार उपयुक्त स्किन केयर, एस्थेटिक उपचार तथा स्किन सर्जरीसम्बन्धी परामर्श प्रदान गर्नेछन्।

आयोजकका अनुसार कार्यक्रममा आधुनिक Sonoplasma System सहित कोरियन स्किन रेजुभेनेसन, एक्ने (Acne), मेलाज्मा (Melasma), एन्टी–एजिङ (Anti-aging) तथा समग्र छाला स्वास्थ्य व्यवस्थापनका नवीनतम प्रविधिबारे विस्तृत जानकारी दिइनेछ। साथै सहभागीहरूले आफ्नै छालाको अवस्था अनुसार उपयुक्त उपचार विधिबारे विशेषज्ञसँग प्रत्यक्ष परामर्श लिन सक्नेछन्।

कार्यक्रमको मुख्य उद्देश्य वैज्ञानिक आधारमा व्यक्तिगत स्किन केयर समाधान उपलब्ध गराउनुका साथै कोरियन सौन्दर्य प्रविधि र आधुनिक उपचार प्रणालीबारे नेपाली समुदायलगायत इच्छुक सहभागीहरूलाई प्रत्यक्ष जानकारी गराउनु रहेको आयोजकले जनाएको छ।कार्यक्रम विवरण मिति जुलाई १९,आइतबार स्थान Suwon Beauty Court, South Korea

“सुन्दर छाला केवल उपचारले होइन, सही परामर्श र उचित हेरचाहबाट सुरु हुन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्