बुसानमा नेपालको गौरवपूर्ण सफलता, अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा १ स्वर्णसहित ५ पदक

0
40

दक्षिण कोरियाको बुसानमा जुलाई ११ र १२ मा आयोजित 18th Korea Open International Karate-Do Championship मा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै १ स्वर्ण र ४ कांस्यसहित कुल ५ पदक जित्न सफल भएका छन्।

१५ भन्दा बढी देशका खेलाडीहरूको सहभागिता रहेको यस प्रतिष्ठित प्रतियोगितामा नेपाली टोलीले प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गरेको हो।

नेपालका जमन सिंह गुरुङ प्रतियोगिताको पुरुष सिनियर काता विधामा स्वर्ण पदक जित्न सफल भए। उनले त्यससँगै ७५ केजी कुमिते विधामा पनि कांस्य पदक हात पार्दै व्यक्तिगत रूपमा दुई पदक जित्ने नेपाली खेलाडी बने।

त्यसैगरी आशिष धामी ले –८४ केजी कुमिते तर्फ कांस्य पदक जिते भने सृष्टि श्रेष्ठ ले १२ वर्षमुनिको उमेर समूहको काता र कुमिते दुवै विधामा कांस्य पदक जित्दै दुई पदक आफ्नो नाममा लेखाइन्।

यस प्रतियोगितामा नेपालले कुल १ स्वर्ण र ४ कांस्य गरी ५ पदक जित्दै उल्लेखनीय उपलब्धि हासिल गरेको छ। विदेशी भूमिमा नेपाली खेलाडीहरूले देखाएको यो प्रदर्शनले नेपाली करातेको बढ्दो स्तर, खेलाडीहरूको मेहनत र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको सम्भावनालाई थप उजागर गरेको छ।

नेपाली खेलाडीहरूको यस सफलताले देशको खेलकुद क्षेत्रमा नयाँ ऊर्जा थप्नुका साथै आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूका लागि थप आत्मविश्वास प्रदान गर्ने विश्वास गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्