गुन्सान नेपाली समाजद्वारा ‘3rd Saemangeum Nepali Volleyball Tournament–2026’ आयोजना हुने

0
54

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता, मित्रता र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यका साथ गुन्सान नेपाली समाज, दक्षिण कोरिया ले ‘3rd Saemangeum Nepali Volleyball Tournament–2026’ आयोजना गर्ने भएको छ।

आयोजकका अनुसार प्रतियोगिता १९ जुलाई २०२६ (आइतबार) मा 전북특별자치도 군산시 번영로 281 (월명체육관) मा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक नेपाली संघ–संस्था तथा भलिबल क्लबहरूले ११ जुलाई २०२६ भित्र टिम दर्ता गरिसक्नुपर्नेछ भने टाइसिट १२ जुलाई २०२६ मा सार्वजनिक गरिनेछ। प्रतियोगिताको प्रवेश शुल्क ३ लाख ५० हजार वोन निर्धारण गरिएको छ।

प्रतियोगितामा विजेता टोलीले २२ लाख वोन, उपविजेताले १२ लाख वोन तथा सेमिफाइनलमा पुग्ने दुई टोलीले प्रत्येक ४ लाख वोन पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी उत्कृष्ट खेलाडी लाई १ लाख वोन सहित मेडल र प्रमाणपत्र तथा उत्कृष्ट सेटर लाई ५० हजार वोन सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

गुन्सान नेपाली समाजले दक्षिण कोरियाभर रहेका सम्पूर्ण नेपाली संघ–संस्था तथा भलिबल क्लबहरूलाई समयमै आफ्नो टिम दर्ता गरी प्रतियोगितामा गरिमामय सहभागिता जनाउन आग्रह गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्