दुःखद खबर: विश्वकप जितको उत्सवमा मेक्सिकोमा ४ जनाको मृत्यु

0
22
Screenshot

फिफा विश्वकप २०२६ अन्तर्गत इक्वेडरमाथि २–० को ऐतिहासिक जित हासिल गरेपछि मेक्सिको सिटीमा लाखौं समर्थकहरू उत्सव मनाउन सडकमा उत्रिएका थिए। तर खुसीको माहोलबीच भीडभाड र अव्यवस्थाका कारण ४ जनाको दुःखद निधन भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मेक्सिको सिटीको मुख्य क्षेत्र ‘पसेओ दे ला रेफोर्मा’ वरिपरि अत्यधिक भीड जम्मा हुँदा ३ जनाको श्वासप्रश्वास अवरुद्ध (Asphyxiation) भई मृत्यु भएको थियो भने अर्का एक जनाको अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

मेक्सिकोको ऐतिहासिक जितपछि करिब १० लाख समर्थक सडकमा जम्मा भएका थिए। घटनापछि स्थानीय प्रशासनले छानबिन सुरु गरेको जनाएको छ।

मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना। 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्