सुदूरपश्चिम समाज दक्षिण कोरियाले अगस्ट १५ मा पिकनिक आयोजना गर्ने

0
71

दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली समुदायबीच आपसी सद्भाव, एकता, भाइचारा तथा सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ सुदूरपश्चिम समाज दक्षिण कोरिया ले आगामी २०२६ अगस्ट १५ गते शनिबार साँझ ६:०० बजेदेखि भव्य पिकनिक कार्यक्रम आयोजना गर्ने भएको छ।

समाजका अध्यक्ष दिपेन्द्र रोकायाको अध्यक्षतामा सम्पन्न बैठकले उक्त कार्यक्रम आयोजना गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको हो। कार्यक्रमलाई व्यवस्थित, मर्यादित र सफल बनाउन विभिन्न जिम्मेवारीसहित विशेष कार्यसमिति समेत गठन गरिएको छ।

गठित कार्यसमितिअन्तर्गत महेश बजगाईंलाई कार्यक्रम संयोजक, नवराज तिमिल्सेनालाई आर्थिक संयोजक, नरेश रावललाई सांस्कृतिक संयोजक, कृष्ण भण्डारीलाई कार्यक्रम व्यवस्थापन संयोजक, रुक्मा बमलाई स्वागत तथा सत्कार संयोजक, डम्बर न्यौपानेलाई भान्सा व्यवस्थापन संयोजक तथा अशोक बोहरालाई स्वयंसेवक संयोजकको जिम्मेवारी प्रदान गरिएको समाजका महासचिव सुरेन गिरीले जानकारी दिनुभयो।

बैठकले कार्यसमितिलाई कार्यक्रमको आवश्यक तयारी, समन्वय, व्यवस्थापन तथा सफल कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउने जिम्मेवारी दिएको छ। साथै सम्बन्धित संयोजकहरूले आफ्नो विभागको आवश्यकता अनुसार थप सदस्यहरू चयन तथा मनोनयन गर्न सक्ने निर्णय पनि सर्वसम्मत रूपमा पारित भएको छ।

समाजले उक्त पिकनिकलाई दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली समुदायबीच आपसी सद्भाव, सहकार्य, सांस्कृतिक आदानप्रदान तथा सम्बन्ध विस्तारको महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ। कार्यक्रमलाई भव्य, सभ्य, मर्यादित तथा ऐतिहासिक रूपमा सफल बनाउन दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण सुदूरपश्चिमेली दाजुभाइ तथा दिदीबहिनीहरूमा सक्रिय सहभागिताका लागि हार्दिक आह्वान गरिएको छ।

यसैबीच, पिकनिक कार्यक्रमलाई अझ आकर्षक, मनोरञ्जनात्मक र स्मरणीय बनाउन नेपालबाट चर्चित कलाकारहरू आमन्त्रण गर्ने विषयमा समेत छलफल भइरहेको समाजका अध्यक्ष दिपेन्द्र रोकायाले जानकारी दिनुभएको छ। समाजले कार्यक्रमको सफलताका लागि सम्पूर्ण समुदायको साथ, सहयोग र सहभागिताको अपेक्षा गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्