सचेतनाका लागि NRNA दक्षिण कोरियाको विशेष कार्यक्रम जुन २१ मा हुँदै

0
15

दक्षिण कोरियामा रहेका नेपाली श्रमिक तथा विद्यार्थीहरूलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरियाले “श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम–२०२६” आयोजना गर्ने भएको छ।

कोरियामा रहेका नेपाली समुदायबीच बढ्दो मानसिक तनाव, कार्यस्थलका चुनौती, अध्ययनका दबाब तथा दैनिक जीवनमा आइपर्ने विभिन्न समस्यालाई मध्यनजर गर्दै आयोजना गर्न लागिएको उक्त कार्यक्रमलाई निकै महत्वपूर्ण रूपमा हेरिएको छ। कार्यक्रममा श्रमिक, विद्यार्थी तथा सम्पूर्ण नेपाली समुदायलाई सचेतनामूलक जानकारीसँगै मनोपरामर्श सम्बन्धी उपयोगी सुझाव प्रदान गरिने आयोजकले जनाएको छ।

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तानले कार्यक्रम नेपाली समुदायका लागि निकै उपयोगी र आवश्यक रहने बताउँदै कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्नुभएको छ। उहाँका अनुसार कार्यक्रममा मानसिक स्वास्थ्य, श्रमिक सचेतना, विद्यार्थी जीवनका चुनौती तथा विदेश बसाइँका क्रममा अपनाउनुपर्ने विभिन्न विषयमा विशेषज्ञमार्फत जानकारी प्रदान गरिनेछ।

कार्यक्रम आगामी २०२६ जुन २१ गते आइतबार दिउँसो १२ बजे सियोलस्थित 서울시 종로구 창신길 51, 5층 MG새마을금고, 동대문역 LINE 1 EXIT 1 मा आयोजना हुनेछ।

उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण कोरियावासी नेपाली समुदायलाई आयोजकले हार्दिक अनुरोध गरेको अध्यक्ष पार्वती मोक्तानले जानकारी दिनुभयो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्