दक्षिण कोरियामा “1st United Cup 2026” क्रिकेट प्रतियोगिता आयोजना हुने

0
10

दक्षिण कोरियामा रहेका नेपाली क्रिकेट खेलाडी तथा खेलप्रेमीहरूलाई लक्षित गर्दै Jeonju United Nepali Cricket Club ले “1st United Cup 2026” T10 Cricket Tournament आयोजना गर्ने भएको छ।

प्रतियोगिता जुन १४, २०२६ (आइतबार) बिहान ७:०० बजे देखि सुरु हुनेछ। प्रतियोगिता 충청남도 보령시 주포면 관산리 290-1 मा सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूका लागि दर्ता खुला गरिएको छ।

प्रत्येक टोलीको प्रवेश शुल्क ५५०,००० कोरियन वन निर्धारण गरिएको छ।
प्रतियोगिताको विजेता टोलीले ३५ लाख कोरियन वन, ट्रफी तथा सम्मान प्राप्त गर्नेछ भने उपविजेता टोलीले १७ लाख ५० हजार कोरियन वन प्राप्त गर्नेछ।

त्यसैगरी प्रतियोगितामा Player of the Tournament, Best Batsman, Best Bowler, Man of the Match लगायतका व्यक्तिगत पुरस्कारहरू पनि प्रदान गरिनेछ। साथै लगातार ४ छक्का प्रहार गर्ने खेलाडीलाई ५५,००० वन विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिता T10 Format मा सञ्चालन हुनेछ। आयोजकका अनुसार दक्षिण कोरियाभर रहेका नेपाली क्रिकेट टोलीहरूबीच प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्नुका साथै नेपाली समुदायबीच एकता, भाइचारा र खेलकुद संस्कृतिको विकास गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको छ।

साथै Hanpass Remit तथा jb bank को सेवा पनि लिन सक्नुहुने छ।

सहभागिता तथा थप जानकारीका लागि आयोजकले 010-8489-5996 मा सम्पर्क गर्न अनुरोध गरेको छ।
आयोजक:
Jeonju United Nepali Cricket Club

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्