दक्षिण कोरियामा क्रियाशील दोलखाली समाज दक्षिण कोरियाको ७औँ अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ

0
14

दक्षिण कोरियामा क्रियाशील दोलखाली समाज दक्षिण कोरियाको ७औँ अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ। अधिवेशनले यज्ञ बहादुर खड्काको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा देवराज दाहाल, उपाध्यक्षमा भगवान तिवारी, महासचिवमा दिपेन्द्र खुलाल, सचिवमा सन्तोष थापा तथा कोषाध्यक्षमा सुमन कार्की निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा त्रिकास तामाङ, अबिरल राउत, रामेश्वर थापा, भुवन खत्री र मनिषा बस्नेत चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिलाई विभिन्न संघसंस्था तथा समुदायका व्यक्तित्वहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। साथै आगामी दिनमा दोलखाली समाज दक्षिण कोरियाले समुदायको एकता, सहकार्य र सामाजिक गतिविधिलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्