शैक्षिक सहयोगार्थ नेपाल गोरखा परिवारको भव्य आयोजना
दक्षिण कोरियास्थित क्षेत्रीय संस्था नेपाल गोरखा परिवार ले आगामी अगष्ट १६ तारिख “खुल्ला लोकदोहोरी प्रतियोगिता २०२६” आयोजना गर्ने भएको छ। प्रतियोगिता नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाको सहजीकरण, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखा तथा गण्डकी प्रदेश समाज दक्षिण कोरिया को समन्वयमा सञ्चालन हुने आयोजकले जनाएको छ।
परिवारका अध्यक्ष देवी गौतम का अनुसार प्रतियोगिता फेन्थेकस्थित निरमाया दोहोरी साँझको हल (경기 평택시 평택1로17 지하1층) मा आयोजना गरिनेछ।
जिल्लाका विकट शैक्षिक संस्थाहरूमा शैक्षिक सामग्री सहयोग गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई आकर्षक ट्रफी, मेडल तथा प्रमाणपत्रसहित क्रमशः ८ लाख, ४ लाख र ३ लाख कोरियन वोन पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
परिवारका महासचिव अशोक खड्का ले संस्थाले स्थापनाकालदेखि नै परोपकारी कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै विभिन्न संघसंस्थासँग सहकार्य र हातेमालो गर्दै आएको उल्लेख गर्दै प्रतियोगितालाई सफल बनाउन विभिन्न व्यक्ति, संघसंस्था, प्रतिष्ठान, मनकारी तथा शुभचिन्तकहरूबाट प्रायोजन, सहप्रायोजन तथा सौजन्य सहयोगको अपेक्षा गरिएको बताए।
नेपाल गोरखा परिवारले गण्डकी प्रदेशअन्तर्गतका १० जिल्लाका संस्थामात्र नभई कोरियास्थित अन्य नेपाली संघसंस्थासँग पनि निरन्तर सहकार्य र समन्वय गर्दै आएको जनाएको छ।
आयोजकका अनुसार प्रतियोगितामा प्रवेश शुल्क खानाको व्यवस्थासहित ३५ हजार कोरियन वोन तथा सहभागी टिम दर्ता शुल्क ५० हजार कोरियन वोन कायम गरिएको छ। कार्यक्रममा चर्चित गायक दिनेश थापा प्रस्तोताका रूपमा रहनेछन् भने मुख्य निर्णायकको रूपमा गायक सूर्य खड्का सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानबाट एकजना र आयोजकको तर्फबाट एकजना सदस्य रहने जनाइएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले ब्यानरमा उल्लेखित सम्पर्क नम्बरमार्फत दर्ता गर्न सक्ने आयोजकले जानकारी दिएको






