दक्षिण कोरियामा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सुझाव संकलन अभियान सुरु

0
16

दक्षिण कोरियामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग, दक्षिण कोरिया ले सरकारको कामकारबाही तथा नीति निर्माण प्रक्रियालाई थप प्रभावकारी बनाउन “सुझाव संकलन अभियान” सञ्चालन गरेको छ।

“परिवर्तनमा तपाईँ हाम्रो एकता, राष्ट्र निर्माणमा प्रवासको सहभागिता” भन्ने नारासहित सुरु गरिएको उक्त अभियानमार्फत देश तथा विदेशमा रहेका नेपाली नागरिक, सर्वसाधारण तथा सरोकारवालाबाट सुझाव संकलन गरिने बताइएको छ।

अभियान अन्तर्गत Google Form र QR Code मार्फत सहभागी भई नागरिकहरूले सरकारका कामकारबाही, नीति निर्माण, जनसरोकारका विषय तथा आगामी दिनमा आवश्यक सुधारका सम्बन्धमा आफ्ना धारणा तथा सुझाव दिन सक्ने व्यवस्था गरिएको छ।

संकलित सुझावहरू नेपाल सरकारसमक्ष पुर्‍याइने तथा नीति निर्माण प्रक्रियामा प्रवासी नेपालीहरूको सहभागिता र आवाजलाई थप सशक्त बनाउने उद्देश्य रहेको विभागले जनाएको छ।

विभागका सभापति Yubin Shrestha ले अभियानमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायलाई सक्रिय सहभागिता जनाउँदै आफ्ना रचनात्मक सुझाव उपलब्ध गराउन आग्रह गर्नुभएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्