दक्षिण कोरियामा रहेका नेपालीहरूलाई संगठित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी, प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाले थेगु क्षेत्रमा कार्यक्रम समिति गठन गर्ने भएको छ।
“परिवर्तनमा तपाईँ हाम्रो एकता, राष्ट्र निर्माणमा प्रवासको सहभागिता” भन्ने नारासहित आयोजना गरिने उक्त कार्यक्रम आगामी मे १०, २०२६ आइतबार दिउँसो १ बजे दाएगुस्थित तारा रेस्टुरेन्टमा हुने जनाइएको छ।
आयोजकका अनुसार कार्यक्रममा कोरियाबासी नेपाली समुदायको सहभागितासहित संगठन विस्तार, आपसी सहकार्य तथा प्रवासमा रहेका नेपालीहरूको भूमिका विषयमा छलफल गरिनेछ। साथै, थेगु क्षेत्रमा पार्टीको कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्यक्रम समिति गठन गरिने बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी, प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाले कार्यक्रममा उपस्थित भई सहयोग र सहभागिता जनाउन सम्पूर्ण कोरियाबासी नेपालीहरूलाई हार्दिक निमन्त्रणा दिएको छ।
कार्यक्रमसम्बन्धी थप जानकारीका लागि आयोजकले विभिन्न सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ।






