दक्षिण कोरियामा २५७० औं बुद्ध जयन्ती विशेष कार्यक्रम आयोजना हुँदै

0
31

दक्षिण कोरियामा रहेका नेपाली समुदायको साझा संस्था नेपाली सम्पर्क समिति (NCC) को आयोजनामा २५७० औं बुद्ध जयन्तीको अवसरमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ। उक्त कार्यक्रम विभिन्न नेपाली संघ–संस्थाहरूको सह–आयोजनामा सम्पन्न हुने जनाइएको छ।

कार्यक्रम  मे २ तारिख शनिबारका दिन हुने तय गरिएको छ। बिहान १० बजेबाट पूजा कार्यक्रम सुरु हुने र दिउँसो १२:२५ बजे औपचारिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

कार्यक्रम ग्याङ्गी–दो प्रान्त अन्तर्गत योंगिन सहरको छेइन–गु, हेकगोक–डोंगमा आयोजना हुने छ। कार्यक्रममा बुद्ध जयन्तीको महत्व, शान्ति, अहिंसा र सहिष्णुताका सन्देशलाई केन्द्रमा राखी विभिन्न सांस्कृतिक तथा धार्मिक गतिविधिहरू सञ्चालन गरिने अपेक्षा गरिएको छ।

प्रवासमा रहेका नेपालीहरूबीच एकता, सहकार्य र सांस्कृतिक पहिचानलाई सुदृढ बनाउन यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

नेपाली सम्पर्क समिति (NCC) का अध्यक्ष हर्क बिष्टले सम्पूर्ण नेपाली समुदायलाई उक्त कार्यक्रममा समयमै उपस्थित भई कार्यक्रमलाई भव्य तथा सफल बनाउन हार्दिक आह्वान गर्नुभएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्