छाला तथा यौन रोग विशेषज्ञ डा. रमेश शर्माद्वारा विशेष स्वास्थ्य परामर्श कार्यक्रम हुँदै

0
49

दक्षिण कोरिया — प्रवासमा रहेका नेपालीहरूका लागि छाला तथा यौन रोगसम्बन्धी सचेतना र परामर्श प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले “गण्डकी स्वास्थ्य परामर्श कार्यक्रम–५” आयोजना गर्ने भएको छ। कार्यक्रम विशेषगरी छाला तथा यौन रोग (Dermatology & Sexual Health) सम्बन्धी विषयमा केन्द्रित रहनेछ।

कार्यक्रममा अतिथि वक्ता तथा प्रमुख परामर्शदाताका रूपमा छाला तथा यौन रोग विशेषज्ञ डा. रमेश शर्मा सहभागी हुनेछन्। उनले छालासम्बन्धी समस्या, यौन स्वास्थ्य, संक्रमणजन्य रोग, रोकथामका उपाय तथा उपचारबारे विस्तृत जानकारी दिनेछन्। साथै, सहभागीहरूले आफ्ना व्यक्तिगत जिज्ञासाहरू प्रत्यक्ष रूपमा राख्न सक्ने व्यवस्था गरिएको छ।

कार्यक्रममा प्रस्तोताका रूपमा डा. कमला के.सी. रहनेछिन्, जसले कार्यक्रम सञ्चालन गर्नेछिन्।

उक्त कार्यक्रम सन् २०२६ अप्रिल २५ (शनिबार) मा आयोजना हुने जनाइएको छ। कार्यक्रम नेपाली समयअनुसार बेलुका ५:००–६:०० बजे र कोरियन समयअनुसार बेलुका ८:१५–९:१५ बजे सञ्चालन हुनेछ। कार्यक्रम Pokhara Television बाट प्रत्यक्ष प्रसारण गरिनेछ भने गण्डकी प्रदेश समाजको आधिकारिक फेसबुक पेजमार्फत पनि LIVE हेर्न सकिनेछ।

आयोजकले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई कार्यक्रममा सहभागी भई छाला तथा यौन स्वास्थ्यसम्बन्धी आफ्ना जिज्ञासा राख्न अनुरोध गरेको छ।

विशेष रूपमा, कार्यक्रमपछि पनि सहभागीहरूले डा. रमेश शर्मा सँग WhatsApp मार्फत व्यक्तिगत Follow-up परामर्श लिन सक्ने व्यवस्था गरिएको छ, जसले प्रवासमा रहेका नेपालीहरूको स्वास्थ्य सेवा पहुँचलाई अझ सहज बनाउने विश्वास गरिएको छ।

कार्यक्रममा अनिवार्य रूपमा सहभागी भई लाभ लिन आयोजकले सबैमा आग्रह गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्