सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ हुँदै, चर्चित कलाकारहरूको बेजोड प्रस्तुति रहने

0
58

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” आयोजना हुने भएको छ। पूर्वी नेपाल समाज दक्षिण कोरियाको आयोजनामा तथा सुवन नेपाली समाजको विशेष सहयोग र पूर्वी नेपाल समाज अन्तर्गतका संस्थाहरूको सह-आयोजनामा उक्त भव्य सांगीतिक कार्यक्रम आगामी मे २ तारिख सुवनमा सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।

प्रवासमा रहेका नेपालीहरूबीच आपसी एकता, संस्कृति र पहिचानलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा चर्चित गायक तथा कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ। कार्यक्रममा मन्दिरा नेम्बाङ, सुनिल गुरुङ, प्रदीप राई, मनोज चाम्लिङ, जितेन्द्र सुनुवार, रबिन रेगम, भूपेन लिम्बु र सुजन कार्की लगायतका लोकप्रिय गायकहरूले आफ्नो सांगीतिक प्रस्तुति दिनेछन्।

त्यस्तै, नृत्यतर्फ प्रिन्स चौहान, आयुष उप्रेती, दिया खड्का र गोपिका नेपाल ले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। साथै, चर्चित DJ NWEEEN को विशेष प्रस्तुति पनि कार्यक्रमको अर्को मुख्य आकर्षण रहनेछ।

“हाम्रो भाषा, धर्म र संस्कृतिमा विविधता, प्रवासमा रहेका नेपालीहरूमा एकता” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो कार्यक्रम साँझ ७ बजेबाट सुरु भई बिहान ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

नेपाली कला, संगीत र संस्कृतिलाई प्रवासमा समेत जगेर्ना गर्दै नेपाली समुदायबीच भाइचारा र आत्मीयता अभिवृद्धि गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन्। आयोजकले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई उत्सवलाई भव्य र सभ्य बनाउन हार्दिक अनुरोध गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्