सुर्खेत समाज दक्षिण कोरियाद्वारा धन्यवाद ज्ञापन, आर्थिक विवरण सार्वजनिक

0
22

दक्षिण कोरिया, मार्च २२ सुर्खेत समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्षको अवसरमा आयोजना गरेको “बुलबुले डान्स पार्टी” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाएको छ।
संस्थाले उक्त कार्यक्रमको आर्थिक तथा प्रगति विवरण मार्च २१ मा भर्चुअल जुम मिटिङमार्फत सार्वजनिक गर्दै कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति धन्यवाद ज्ञापन गरेको हो।
समाजका अनुसार, दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, सहकार्य तथा सांस्कृतिक संरक्षण गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्‍याउने सहयोगीहरूलाई विशेष आभार व्यक्त गरिएको छ।
कार्यक्रम सफल बनाउन आयोजक टोली, स्वयंसेवक, सहयोगी संस्था तथा सम्पूर्ण महानुभावहरूको महत्वपूर्ण योगदान रहेको संस्थाले जनाएको छ।
सन् २०१३ मा स्थापना भएको सुरखेत समाज दक्षिण कोरिया प्रवासी नेपालीहरूको हित, सहयोग तथा सांस्कृतिक पहिचान संरक्षणमा सक्रिय सामाजिक संस्थाका रूपमा परिचित छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्