दक्षिण कोरियामा रहेका नेपालीहरूको साझा छाता संस्था नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको १९ औं अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले हर्क बिष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा नारायण न्यौपाने, महिला उपाध्यक्षमा हेमलता शर्मा तथा उपाध्यक्षहरूमा नारायण पौडेल र डेनराज सिजापति चयन भएका छन्। त्यसैगरी महासचिवमा सुमन चौलागाईं, सचिवहरूमा पदम राई र भगवान तिवारी तथा कोषाध्यक्षमा झलक बिष्ट चयन भएका छन् भने सह-कोषाध्यक्षको जिम्मेवारी सेकेन्द्र गुरुङले पाएका छन्।
त्यसैगरी सदस्यहरूमा रुद्र पौडेल, ध्रुव आचार्य, केशब श्रेष्ठ, मेघा रेउले, खगेन्द्र गौतम, साकेन्द्र चनारा, निरोज तामाङ र महेन्द्र हाङसारुम्बा चयन भएका छन्।
नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नयाँ नेतृत्वले दक्षिण कोरियामा रहेका नेपाली समुदायको एकता, हकहित र सक्रियतामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।






