बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती भव्य रूपमा सम्पन्न

0
29

दक्षिण कोरियामा क्रियाशील बाग्लुङ समाज दक्षिण कोरियाले आफ्नो स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजित रजत जयन्ती विशेष समारोह भव्य तथा सभ्य रूपमा सम्पन्न गरेको छ।

समारोहमा स्मारिका विमोचन, विविध सांस्कृतिक प्रस्तुति तथा सम्मान कार्यक्रमहरू आयोजना गरिएको थियो। कार्यक्रममा दक्षिण कोरियास्थित विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरू, समाजसेवी, पत्रकार, कलाकार तथा नेपाली समुदायका उल्लेख्य व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

समाजका पदाधिकारीहरूले २५ वर्षको यात्रामा संस्थाले प्रवासमा रहेका बाग्लुङेहरूलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा मानवीय सेवामा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे। रजत जयन्ती समारोहले संस्थाको विगतको योगदानको समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले समुदायको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिगण, कलाकार, पत्रकार, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सहयोगी तथा स्वयंसेवकहरूप्रति बाग्लुङ समाज दक्षिण कोरियाले हार्दिक आभार व्यक्त गरेको छ।

समाजले कार्यक्रम सञ्चालनका क्रममा भएका कुनै कमी–कमजोरीप्रति क्षमायाचना गर्दै प्राप्त सुझाव र प्रतिक्रियालाई आत्मसात् गरी आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी कार्यक्रम आयोजना गर्ने जनाएको छ।

रजत जयन्ती समारोहले दक्षिण कोरियामा रहेका बाग्लुङेहरूबीच आपसी एकता, सद्भाव र सहकार्यलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्। कार्यक्रम उत्साहजनक सहभागिता र भव्य उपस्थितिका बीच सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्