राप्ती समाज दक्षिण कोरियाद्वारा आय–व्यय सार्वजनिक

0
28
Screenshot

दक्षिण कोरियामा क्रियाशील Rapti Society South Korea ले आयोजना गरेको “राप्ती सांस्कृतिक साँझ तथा रात्रि भोज कार्यक्रम २०२६” को आय–व्यय विवरण सार्वजनिक गरेको छ। समाजले पारदर्शितालाई प्राथमिकता दिँदै कार्यक्रम सम्पन्न भएपछि सम्पूर्ण आर्थिक विवरण सार्वजनिक गरेको जनाएको छ।
सार्वजनिक गरिएको विवरण अनुसार कार्यक्रममा विभिन्न स्रोतबाट जम्मा २,१०,६७,३३३ वोन आम्दानी भएको छ।
आम्दानीतर्फ संस्थागत सहयोगबाट २०,२६,००० वोन, उपस्थितिबाट १,४१,६०,००० वोन, कार्यक्रम लक्षित सहयोगबाट ४१,२०,३३३ वोन तथा प्रायोजकबाट ७,६१,००० वोन संकलन भएको उल्लेख गरिएको छ।
खर्चतर्फ भने प्रचार–प्रसार, व्यानर र टिकट व्यवस्थापनमा ५,४६,००० वोन तथा होटल, कलाकार र फोटोग्राफर लगायत व्यवस्थापन खर्चमा १,२३,७०,००० वोन खर्च भएको देखाइएको छ। यसअनुसार कुल खर्च १,२९,१६,००० वोन भएको छ।
आम्दानी र खर्चको विवरण अनुसार कार्यक्रममा ८१,५१,३३३ वोन बचत (नाफा) भएको समाजले जनाएको छ।
समाजका अध्यक्ष किसन वली, कार्यक्रम संयोजक सुनिन्द्र मगर, कोषाध्यक्ष प्रकाश चन्द्र वर्ती र महासचिव अर्जुन केसीले हस्ताक्षरसहित उक्त आर्थिक विवरण सार्वजनिक गरेका हुन्। समाजले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्दै नेपाली समुदायको एकता र सांस्कृतिक संरक्षणमा योगदान दिने प्रतिबद्धता जनाएको छ


Screenshot
Screenshot

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्