दक्षिण कोरियामा ख्यङ्नाम नेपाली समाजको दोस्रो अधिवेशन सम्पन्न, रबि खवास अध्यक्षमा निर्वाचित

0
58

दक्षिण कोरियाको Gyeongsangnam-do (경상남도) क्षेत्रमा क्रियाशील ख्यङ्नाम नेपाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन हिजो भव्य रूपमा सम्पन्न भएको छ। Changwon स्थित Changwon Migrants Center मा आयोजित उक्त अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो। कार्यक्रममा विभिन्न शहरबाट आएका नेपाली समुदायका प्रतिनिधि तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अधिवेशनबाट रबि खवास अध्यक्ष पदमा निर्वाचित भएका छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा दिपक रिमाल, उपाध्यक्षहरूमा सन्दिप रावत र बबिराज रोकाया, तथा महिला उपाध्यक्षमा रस्मा लामा निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिको महासचिवमा दिपक आचार्य, सचिवहरूमा मिलन रेग्मी र गजेन्द्र रुचाल, कोषाध्यक्षमा बाला थुलुङ राई तथा सह–कोषाध्यक्षमा केदार अधिकारी चयन भएका छन्।

समितिका सदस्यहरूमा महेश ढुङ्गाना, सुवास ढुङ्गाना, मनिश मगर, युवराज गिरि, बिष्णु ठकुल्ला, शिव आचार्य, बसन्त घिमिरे, सागर भट्टराई, रोशन क्षेत्री, नरेश ठकुराठी, निरज श्रेष्ठ, नवीन बाबु भण्डारी, खगेन्द्र बडाल, सञ्जय थापा, जीवन शर्मा, रामबहादुर थिङ, प्रदिप शर्मा, कुमार गुरुङ र टेकबहादुर श्रेष्ठ रहेका छन्।

अधिवेशनले विगत कार्यकालका गतिविधिहरूको समीक्षा गर्दै आगामी योजनाहरू, संगठन विस्तार तथा समुदायलाई थप सक्रिय बनाउने विषयमा विस्तृत छलफल गरेको थियो। नवनिर्वाचित कार्यसमितिले ख्यङ्नाम क्षेत्रमा बसोबास गर्ने नेपालीहरूबीच एकता, सहकार्य र सामाजिक गतिविधि विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

ख्यङ्नाम नेपाली समाज दक्षिण कोरिया 경상남도 क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको साझा संस्था हो। यस संस्थाले विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ। साथै, प्रत्येक वर्ष आयोजना हुने Migrants’ Arirang Multicultural Festival (MAMF) मा नेपाली समुदायको तर्फबाट व्यवस्थापन तथा समन्वय गर्ने महत्वपूर्ण भूमिका पनि यही संस्थाले निभाउँदै आएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्