“कला, संस्कृति र सम्पदा नेपालको शान, प्रवासमा प्रवर्द्धन साझा अभियान” भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त अधिवेशनमा समाजका सदस्यहरू तथा दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायको गरिमामय उपस्थितिका लागि आयोजक समितिले हार्दिक निमन्त्रणा गरेको छ।
अधिवेशन आगामी ०८ मार्च २०२६ (आइतबार) मध्यान्ह १:०० बजे Gyeongnam Immigration Center (ख्यङ्नाम इजुमिन सेन्टर) को भवन, Changwon (창원시 의창구 사화로18번길 30) मा सम्पन्न हुने जनाइएको छ।
आयोजकका अनुसार अधिवेशनमार्फत संस्थाको आगामी कार्ययोजना तथा भावी रणनीति तय गरिनेछ। साथै, संस्थालाई थप सशक्त, व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाउन नयाँ नेतृत्व चयन गर्ने कार्यक्रमसमेत रहेको छ।
समाजले प्रवासमा रहेका नेपालीहरूबीच एकता, सहकार्य र आपसी सद्भाव अभिवृद्धि गर्दै नेपाली कला, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। दोस्रो अधिवेशनले संस्थालाई नयाँ ऊर्जा, स्पष्ट कार्यदिशा र गतिशील नेतृत्व प्रदान गर्ने विश्वास लिइएको छ।
आयोजकले अधिवेशनलाई भव्य र सफल बनाउन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ।






