दक्षिण कोरियामा क्रियाशील रामेछापेलीहरूको साझा संस्था रामेछाप सम्पर्क समिति दक्षिण कोरिया को पाँचौँ अधिवेशन मिति २०२६ फेब्रुअरी १५ तारिखका दिन भव्य रूपमा सम्पन्न भएको छ।
कोरियाको राजधानी सोल स्थित होटल दर्शन नमस्तेको सभाहलमा आयोजित उक्त महाअधिवेशन विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, पत्रकार, बुद्धिजीवी, शुभचिन्तक तथा विशेष गरी रामेछापवासीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको हो।
अधिवेशनले आगामी कार्यकालका लागि आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिमा ब.उपाध्यक्षमा ज्ञानु तामाङ, उपाध्यक्षमा बिष्णु बिश्वकर्मा, सतिस रोका र बिश्लेष घिसिङ, महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ चयन हुनुभएको छ।
त्यसैगरी महासचिवमा अशोक भण्डारी, सचिवमा समुन्द्र खड्का, कोषाध्यक्षमा आश्विन कार्की तथा सह–कोषाध्यक्षमा सबिन बोहोरा निर्वाचित हुनुभएको छ। सदस्यहरूमा बिकास सुनुवार, धिरज खड्का र अनिल कार्की चयन भएका छन्।
नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरिएको छ।






