अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको आठौँ अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

0
96

दक्षिण कोरियामा क्रियाशील अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया को आठौँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट मनोज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको हो।

नवनिर्वाचित कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा नारायण भण्डारी, उपाध्यक्षमा उदयराज चुँदाली र श्री पौडेल, महिला उपाध्यक्षमा शान रायमाझी, महासचिवमा मौसम सोमरे मगर चयन हुनुभएको छ। त्यसैगरी सचिव पदमा सनु खनाल, बिनोद नेपाली र अमृत भट्टराई निर्वाचित भएका छन् भने कोषाध्यक्षमा मोहन अधिकारी तथा सह–कोषाध्यक्षमा केशब खनाल चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा कुलचन्द्र पौडेल, अनिल खनाल, विश्वास भुसाल, नारायण घिमिरे, विशाल खनाल, नविन राजकोटी, प्रकाश पौडेल, मनोज पाण्डे, सुदन नारायण अधिकारी र केशब चुँदाली निर्वाचित भएका छन्।

नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। साथै, निवर्तमान अध्यक्ष रुद्र पौडेलको नेतृत्वमा सम्पन्न कार्यकालको कार्यकुशलता र योगदानप्रति विशेष सम्मान व्यक्त गरिएको छ। 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्