नवलपुर समाज दक्षिण कोरियाको ५औँ अधिवेशन तथा ७औँ साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन

0
83

नवलपुर समाज दक्षिण कोरियाको ५औँ अधिवेशन तथा ७औँ साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन
दक्षिण कोरियामा क्रियाशील सामाजिक संस्था नवलपुर समाज दक्षिण कोरिया को ५औँ अधिवेशन तथा ७औँ साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको संस्थाले जनाएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई व्यक्तिगत तथा संस्थागत तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
विदेशी भूमिमा रहेर पनि मातृभूमिप्रतिको माया, समुदायप्रतिको जिम्मेवारी र एकताको भावनालाई कायम राख्दै संस्थालाई यहाँसम्म पुर्‍याउन अग्रज, सदस्य तथा शुभेच्छुकहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गरिएको छ। अधिवेशनले संस्थागत एकता, पारदर्शिता र सामूहिक प्रतिबद्धतालाई थप मजबुत बनाएको विश्वास लिइएको छ।
नयाँ कार्यसमितिमा अध्यक्षमा प्रकाश थापा, वरिष्ठ उपाध्यक्षमा किशोर पौडेल, उपाध्यक्षमा नारायण पाण्डे र श्रीराम अधिकारी, महासचिवमा पाण्डव खनाल, सचिवमा ध्रुव आचार्य र शिशिर आचार्य, कोषाध्यक्षमा मधुसुदन सापकोटा, सह–कोषाध्यक्षमा पुजा रूचाल तथा सदस्यहरूमा अमृत चापागाँई, बिकास देवकोटा, ओम प्रकाश भारती, सन्तोषराज भट्टराई, मन्जु कुमाल र रवि बराल चयन भएका छन्। संस्थाले नयाँ नेतृत्वसँगै समुदायमुखी कार्यक्रमहरू अझ प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्