नवलपरासी समाजको पहिलो भेटघाट तथा साहित्य कार्यक्रम भव्य रूपमा सम्पन्न

0
96

नवलपरासी समाजको पहिलो भेटघाट तथा साहित्य कार्यक्रम भव्य रूपमा सम्पन्न
नवलपरासी समाजको पहलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। समाजका संरक्षक नारायण न्यौपानेको प्रमुख आतिथ्यता तथा अध्यक्ष जिवन भण्डारीको सभापतित्वमा ‘भेटघाट तथा साहित्य कार्यक्रम’ भव्यताका साथ आयोजना गरिएको हो।
कार्यक्रममा गजलकार सरोज भण्डारी र मुक्तककार प्रचण्ड सापकोटाले दमदार साहित्य वाचन प्रस्तुत गरेका थिए। उनीहरूको प्रस्तुतीले कार्यक्रमस्थलको माहोल साहित्यिक र ऊर्जामय बनेको सहभागीहरूले बताएका छन्।
विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा नवलपरासीवासीहरूको उल्लेख्य उपस्थितिमा सुभेच्छा रेष्ट्रुरेन्टको हलमा कार्यक्रम सम्पन्न भएको हो। आयोजकका अनुसार समाजले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्