कोरियामा ‘नेपहप नाइट’ आयोजना हुँदै, GBob र ST Man को धमाकेदार प्रस्तुति रहने

0
103

नेपाली हिपहप संगीत प्रेमीहरूका लागि विशेष सांगीतिक कार्यक्रम ‘नेपहप नाइट’ आयोजना हुने भएको छ। माङ्गेन्ना इन्टरटेनमेन्टको प्रस्तुति रहने यस कार्यक्रममा चर्चित हिपहप कलाकार GBob र ST Man ले प्रत्यक्ष प्रस्तुति दिनेछन्।
कार्यक्रम १७ फेब्रुअरी २०२६ मा सियोलमा आयोजना हुनेछ। कार्यक्रम साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म चल्ने आयोजकले जनाएको छ। कार्यक्रम स्थल सियोल सिटी, डोङ्देमुन–गु, वाङसान–रो १०९ (नाच ट्रेन लाइन–१, जेगीडोङ स्टेशन, एक्जिट नम्बर–२) रहेको छ।
नेपाली हिपहपको स्वादसँगै कार्यक्रममा DJ Cman को दमदार DJ सेट रहनेछ भने Sharline Tamang ले होस्ट तथा डान्सरको भूमिकामा प्रस्तुति दिनेछिन्। त्यसैगरी चर्चित डान्सर Gopika Nepal को विशेष नृत्य प्रस्तुति पनि रहने आयोजकले जानकारी दिएको छ।
कार्यक्रमको प्रवेश टिकट मूल्य ४०,००० कोरियन वोन तोकिएको छ। कोरियामा रहेका नेपाली युवायुवती तथा संगीतप्रेमीहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा मनोरञ्जनका साथै नेपाली हिपहप संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य रहेको माङ्गेन्ना इन्टरटेनमेन्टले जनाएको छ।
कार्यक्रम सफल बनाउन विभिन्न रेष्टुरेन्ट, ट्राभल, लोन तथा मिडिया पार्टनरहरूको सहकार्य रहेको छ। थप जानकारीका लागि आयोजकसँग सम्पर्क गर्न सकिने जनाइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्