कोरियामा KIIP Level 4 अतिरिक्त कक्षा सुरु हुँदै

0
106

दक्षिण कोरियामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि KIIP (Korea Immigration and Integration Program) Level 4 सम्बन्धी महत्वपूर्ण सूचना सार्वजनिक गरिएको छ। KIIP Level 4 (중간평가) कक्षा लिएर पनि विषयवस्तु राम्रोसँग बुझ्न नसक्नुभएको वा ८० घण्टा कक्षा पूरा गरेर परीक्षा दिँदा असफल हुनुभएको विद्यार्थीहरूका लागि लक्षित गरी Oli’s Edu. Center ले विशेष अतिरिक्त कक्षा सञ्चालन गर्न लागेको हो।

Oli’s Edu. Center ले नेपाली भाषामै सजिलो र प्रभावकारी अध्ययन विधि अपनाउँदै KIIP Level 4 को परीक्षा केन्द्रित तयारी कक्षा सञ्चालन गर्ने जनाएको छ। उक्त कक्षा Zoom Online मार्फत सञ्चालन हुनेछ।

कक्षामा सहभागी हुन चाहने विद्यार्थीहरूले आउँदो फेब्रुअरी ७ (शनिबार) बिहान ९ बजेदेखि नाम दर्ता गर्न सक्नेछन्। नाम दर्ताका लागि फेब्रुअरी ६ भित्र Messenger Group मा Join हुनुपर्ने व्यवस्था गरिएको छ। Messenger Group मा Join हुन www.olizedu.com वेबसाइटमा गई KIIP Level 4 अतिरिक्त कक्षामा रहेको Registration Button मा Click गर्न सकिनेछ।

कक्षा फेब्रुअरी १४ देखि सुरु भई कुल १० हप्तासम्म सञ्चालन हुनेछ। कक्षा प्रत्येक शनिबार र आइतबार साँझ ७ बजेदेखि ८:१५ बजेसम्म हुनेछ।

यस कक्षामा सहभागी विद्यार्थीहरूलाई KIIP Level 4 परीक्षा केन्द्रित तयारी, अनुभवी शिक्षकद्वारा अध्यापन, प्रत्येक पाठको शब्दार्थ (word meaning), सजिलो अध्ययन विधि तथा Level 4 पास गर्न प्रभावकारी मार्गदर्शन प्रदान गरिने Oli’s Edu. Center ले जनाएको छ।

सिट संख्या सीमित रहेकाले जम्मा २५ जना विद्यार्थी मात्र सहभागी हुन सक्नेछन्। कक्षाको शुल्क ७० हजार कोरियन वन तोकिएको छ।

थप जानकारीका लागि Oli’s Edu. Center को Facebook Page वा www.olizedu.com वेबसाइट भ्रमण गर्न सकिनेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्