आन्सानमा होली महोत्सव–२०२६ आयोजना हुने

0
106

दक्षिण कोरियाको आन्सान शहरमा आगामी मार्च १ तारिखका दिन भव्य रूपमा आन्सान होली महोत्सव–२०२६ आयोजना हुने तय गरिएको छ। कार्यक्रमको स्थान आन्सानमै गर्ने गरी आधिकारिक रूपमा फिक्स गरिएको आयोजक पक्षले जनाएको छ।
होली महोत्सवलाई सफल बनाउन आयोजक संस्था “पाँच स” दक्षिण कोरियाको सनातन साहित्य सङ्गीत समूह सक्रिय रूपमा जुटिरहेको छ। संस्थाले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै प्रवासमा रहेका नेपाली समुदायबीच एकता र सांस्कृतिक सद्भाव बढाउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागेको हो।
महोत्सवको लागि स्पोन्सर सहित कलाकारहरू समेटिएको आधिकारिक ब्यानर र विस्तृत कार्यक्रम तालिका चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ। कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, सांगीतिक कार्यक्रम तथा होली विशेष उत्सव गतिविधिहरू समावेश गरिने तयारी भइरहेको छ।
आयोजक संस्थाले कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई होली पर्वलाई उल्लासपूर्ण रूपमा मनाउन आग्रह गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्