दक्षिण कोरियामा उज्यालो नेपाल पार्टीको औपचारिक प्रवास संगठन खुल्ने

0
92

दक्षिण कोरियामा उज्यालो नेपाल पार्टीको औपचारिक प्रवास संगठन खुल्ने -कोरियामा रहेका नेपालीहरूलाई कमिटीको जिम्मेवारीमा बसेर काम गर्न इच्छुक नेपालीहरूलाई सार्वजनिक आह्वान

दक्षिण कोरियामा रहेका नेपाली समुदायका लागि उज्यालो नेपाल पार्टीले औपचारिक प्रवास संगठन खोल्ने घोषणा गरेको छ। उक्त उद्घाटन कार्यक्रममा पार्टीका अध्यक्ष कुलमान घिसिङ भर्चुअल रूपमा (जुममार्फत) उपस्थित हुनेछन्। पार्टीका अनुसार, चाँडै प्रवास संगठन कमिटी गठन हुनेछ, साथै विभिन्न क्षेत्रीय संगठनहरू पनि विस्तार गरिनेछ।

यसै सन्दर्भमा, उज्यालो नेपाल पार्टीले कोरियामा रहेका इच्छुक नेपालीहरूलाई सार्वजनिक आह्वान गरेको छ—जो नेपाली समुदायका लागि, उज्यालो नेपाल पार्टीको नीति र उद्देश्यमा सहकार्य गर्दै, कमिटीको जिम्मेवारीमा बसेर काम गर्न इच्छुक छन्। संगठनले प्रवासी नेपाली समुदायको आवश्यकता, एकता, र सामाजिक न्यायलाई प्रवर्द्धन गर्ने उदेश्यसहित आगामी कार्यक्रमहरू तय गरेको छ। कमिटीले कोरियामा रहेका नेपाली समुदायसँग प्रत्यक्ष सम्पर्क राख्दै, उज्यालो नेपाल पार्टीको नीति र उद्देश्यहरू प्रवर्द्धन गर्नेछ। कार्यक्रमको मिति र समय चाँडै सार्वजनिक गरिनेछ।

यो पहलले कोरियामा रहेका नेपालीहरूको सशक्तिकरणमा योगदान गर्ने विश्वास लिइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्