पुलिसलाई हराउँदै न्यु डायमन्ड टाइगर कप च्याम्पियन

0
73

 ६औँ संस्करणको टाइगर कप महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डायमन्ड स्पोर्ट्स क्लबले जितेको छ। फाइनल खेलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पार्‍यो।

न्यु डायमन्डले पहिलो सेट २५–११ ले सहज जित निकाल्दै खेलमा दबदबा बनायो। त्यसपछि दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै पुलिस क्लबलाई उपविजेतामा सीमित गर्‍यो।

व्यक्तिगत पुरस्कारतर्फ न्यु डायमन्डका कुमार राई उत्कृष्ट प्रशिक्षक घोषित भए। त्यस्तै, न्यु डायमन्डकी प्रगति नाथ उत्कृष्ट सेटरप्रतिभा माली उत्कृष्ट सर्भर घोषित भइन्।

प्रतियोगितामा थाइल्याण्ड क्वीन्सकी पट्टिया जुआङजन (Pattiya Juangjan) उत्कृष्ट स्पाइकर घोषित भइन्। उपविजेता नेपाल पुलिस क्लबकी शान्तिकला तामाङ उत्कृष्ट लिबेरो घोषित भइन् भने न्यु डायमन्डकी सुमित्रा रेग्मी प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी (एमभीपी) घोषित भइन्।

६औँ टाइगर कपमा न्यु डायमन्डले उत्कृष्ट टिमवर्क र प्रभावशाली प्रदर्शन गर्दै उपाधिसहित अधिकांश व्यक्तिगत अवार्ड आफ्नो नाममा पार्न सफल भएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्