पोखरा। साबिक विजेता तथा विभागीय टोली नेपाल पुलिस क्लबलाई सहज रूपमा पराजित गर्दै घरेलु टोली गण्डकी प्रदेशले टाइगर कप राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल पुग्ने सम्भावना कायम राखेको छ।पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार सम्पन्न खेलमा गण्डकीले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै महत्वपूर्ण जित हात पारेको हो। यस जितसँगै गण्डकीले चार खेलबाट ९ अंक जोडेको छ। पर्वत भलिबल संघको भने तीन खेलबाट ८ अंक रहेको छ।
खेलको सुरुआतदेखि नै आक्रामक प्रदर्शन गरेको गण्डकीले पहिलो सेटमा कडा प्रतिस्पर्धापछि २५–२२ को रोमाञ्चक जित निकाल्यो। त्यसपछि दोस्रो र तेस्रो सेटमा आफ्नो दबदबा कायम राख्दै क्रमशः २५–२० र २५–१४ को जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो।






