लगातार तेस्रो जित निकाल्दै पर्वत जिल्ला भलिबल संघले टाइगर कप भलिबल प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार सम्पन्न खेलमा पर्वतले माल्दिभ्स भलिबल एसोसिएसनलाई ३–० को सोझो सेटमा पराजित गर्यो।
पर्वतले पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेटमा पनि प्रभावशाली खेल प्रस्तुत गर्दै २५–१८ ले जित निकाल्यो भने तेस्रो सेट २५–१६ ले सहजै जित्दै खेल आफ्नो पक्षमा पार्यो।
यसअघि पर्वतले विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबलाई पराजित गरिसकेको छ। माल्दिभ्स भलिबल एसोसिएसनका लागि भने यो प्रतियोगितामा लगातार चौथो हार हो।






