अध्यक्ष राज लामालाई मातृ शोक, अधिवेशन स्थगित

0
62

सोल— सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाले यही जनवरी २५ तारिखका लागि तय गरिएको आफ्नो छैटौँ अधिवेशन कार्यक्रम स्थगित गरेको छ। संस्थाका अध्यक्ष राज लामा (राज लोचन) ज्युको आमाको असामयिक निधनका कारण उत्पन्न शोकपूर्ण परिस्थितिलाई ध्यानमा राख्दै अधिवेशन स्थगित गर्ने निर्णय गरिएको हो।
संस्थाले जारी गरेको विज्ञप्तिमा दिवङ्गत आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। विज्ञप्तिअनुसार, अधिवेशनको तयारीका क्रममा सम्बन्धित अतिथिहरू, प्रतिनिधिहरू तथा सरोकारवाला निकायहरूलाई औपचारिक रूपमा जानकारी गराइसकिएको भए पनि हालको शोकको अवस्थामा अधिवेशन आयोजना गर्न उपयुक्त नदेखिएकाले कार्यक्रम स्थगित गरिएको हो।
संस्थाले अर्को सूचना प्रकाशित नहुन्जेलसम्म अधिवेशन स्थगित रहने स्पष्ट पारेको छ। साथै अधिवेशनको नयाँ मिति तथा कार्यक्रमसम्बन्धी विवरण आगामी दिनमा पुनः सार्वजनिक गरिने जानकारी पनि दिएको छ।
सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाले यस विषयमा सम्पूर्ण अतिथिहरू, प्रतिनिधिहरू तथा सरोकारवाला सबैमा आवश्यक समझदारी र सहयोगका लागि हार्दिक अनुरोध गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्