दक्षिण कोरियामा KIIP (Korea Immigration and Integration Program) अध्ययन गरिरहेका नेपालीहरूका लागि लक्षित गर्दै डा.बिवेक तामाङ (Dr. Bibek Tamang) द्वारा तयार पारिएको KIIP Vocabulary Book सार्वजनिक भएको छ। उक्त पुस्तक हाल अनलाइन प्लेटफर्म Coupang मार्फत खरिदका लागि उपलब्ध रहेको छ।
KIIP Level 0 देखि Level 5 (심화) सम्मका सबै आवश्यक शब्दार्थहरू एउटै पुस्तकमा समेटिएको यस सामग्रीले KIIP तयारीलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। विशेषगरी कोरियन भाषा सिक्ने क्रममा शब्दार्थ बुझ्न कठिनाइ भोगिरहेका नेपाली विद्यार्थी तथा कामदारहरूलाई लक्षित गरी प्रत्येक कोरियन शब्दको स्पष्ट र शुद्ध नेपाली अर्थ समावेश गरिएको छ।
पुस्तकमा शब्द भण्डार विस्तारका लागि उपयोगी मानिने ५० वटा महत्त्वपूर्ण Hanja (한자) को अवधारणा पनि समेटिएको छ, जसले कोरियन भाषाको संरचना र प्रयोग बुझ्न थप सहयोग पुर्याउने विश्वास गरिएको छ।
यसका साथै पुस्तकको अन्तिम दुई पृष्ठमा समावेश गरिएको ‘Mystery Bonus’ अन्तर्गत बिवेक सरका विशेष Secret Tips लाई KIIP अध्ययनरतहरूका लागि थप मार्गदर्शनको रूपमा प्रस्तुत गरिएको छ।
KIIP परीक्षा मात्र नभई E-7-4, F-2R, F-5 भिसा तथा 귀화 (नागरिकता) प्रक्रियामा समेत उपयोगी हुने दाबी गरिएको यस पुस्तकलाई कोरियामा बसोबास गर्ने नेपाली समुदायका लागि एक महत्वपूर्ण अध्ययन सामग्रीका रूपमा हेरिएको छ।
पुस्तकको स्टक सीमित रहेको जनाउँदै इच्छुक पाठकहरूलाई समयमै अर्डर गर्न आग्रह गरिएको छ।






