सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको छैटौँ अधिवेशन जनवरी २५ तारिख हुँदै

0
106

सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाको छैटौँ अधिवेशन आज २०२६ जनवरी २५ तारिख (आइतबार) सउलमा आयोजना हुँदैछ। आपसी सहयोग, सद्भाव र सदाचारलाई संस्थागत गर्दै समुदायबीच एकता मजबुत बनाउने उद्देश्यका साथ अधिवेशन गर्न लागिएको समाजले जनाएको छ।
समाजका अध्यक्ष राज लोप्चनका अनुसार अधिवेशन दिउँसो ठीक ११:३० बजे नेपाली थाई रेष्टुरेन्टको सभाहल, सउल, दोङ्देमुन स्टेसन गेट नम्बर २ मा सम्पन्न हुनेछ। उहाँले दक्षिण कोरियामा रहेका सिन्धुपाल्चोक जिल्लाका सम्पूर्ण अग्रज, समाजसेवी, बुद्धिजीवी तथा संघ–संस्थाका प्रतिनिधिहरूलाई उपस्थितिका लागि आग्रह गर्नुभएको छ।अधिवेशनमार्फत संस्थाको वार्षिक गतिविधिको समीक्षा, आगामी कार्ययोजना तय गर्नुका साथै नयाँ कार्यसमिति चयन गरिने अध्यक्ष लोप्चनले जानकारी दिनुभयो। उहाँले अधिवेशनलाई सफल बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको पनि बताउनुभयो।
कार्यक्रमको आयोजना सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाले गरेको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्