कोरियन पर्व सलनालको अवसरमा सुर्खेत समाज दक्षिण कोरियाद्वारा ‘बुलबुले डान्स पार्टी’ आयोजना हुने

0
55

दक्षिण कोरियामा बसोबास गर्दै आएका नेपाली समुदायलाई लक्षित गर्दै कोरियन पर्व सलनाल (Lunar New Year) को अवसरमा सुर्खेत समाज, दक्षिण कोरिया ले विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रम ‘बुलबुले डान्स पार्टी’ आयोजना गर्ने भएको छ।
कार्यक्रम आइतबार, १५ फेब्रुअरी २०२६ का दिन सउलस्थित सुङदो चाचाचा स्टेन्डबार नाइट (Seongdong Chachacha Stand Bar Night) मा हुने आयोजकले जनाएको छ। कार्यक्रम स्थल Train Line 2/6, सिन्दाङ (Sindang) स्टेशन गेट नं. १२ बाट करिब २०० मिटर अगाडि रहेको छ।
कार्यक्रममा चर्चित DJ Rum Age, लोकप्रिय र्‍यापर Jojo Dorz, डान्सर तथा र्‍यापर Diya Khadka, र्‍यापर Anish KC तथा डान्सर Sharada Pun को विशेष प्रस्तुति रहनेछ। आयोजकका अनुसार ‘बुलबुले डान्स पार्टी’ ले प्रवासी भूमिमा रहेका नेपालीलाई मनोरञ्जनसँगै आपसी सद्भाव, माया र सम्मानको भावना मजबुत बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रम सफल बनाउन विभिन्न संघ–संस्था, प्रायोजक तथा सञ्चार माध्यमहरूको सहकार्य रहेको छ।

आयोजक सुर्खेत समाज, दक्षिण कोरिया ले कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन हार्दिक निमन्त्रणा गरेको छ।
थप जानकारीका लागि सम्पर्क:
दुर्गा प्रसाद ढकाल, पुष्कर बुधाथोकी, असराम ढुङ्गाना, धर्मराज तिवारी, खगेन्द्र राना, तुलसी गुरुङ, लोकेश खत्री, प्रकाश बस्नेत, ललित बहादुर थापा

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्