पाँच स दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन गरिएको छ। महामहिम राजदूत डा. शिव माया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
नवगठित कार्यसमितिको संरक्षकमा श्याम अर्याल र शोभा अर्याल चयन हुनुभएको छ भने अध्यक्षको जिम्मेवारी महेन्द्र सापकोटा लाई दिइएको छ। वरिष्ठ उपाध्यक्षमा चुडामणि भण्डारी चयन हुनुभएको छ।
उपाध्यक्षहरूमा अर्जुन थापा, मनोज भुषाल, दामोदर भुषाल र शालिकराम अर्याल चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा जयन्ती घिमिरे रहनुभएको छ। मन्दिर व्यवस्थापक तथा पुजारीको जिम्मेवारी मिलन सापकोटा लाई दिइएको छ।
महासचिवमा दुर्गा कुंवर (ऋषि) चयन हुनुभएको छ। सचिवहरूमा गुलशन शाह, दिनेश पाण्डेय र महेन्द्र पौडेल चयन हुनुभएको छ। कोषाध्यक्षमा योगेन्द्र दाहाल र सह–कोषाध्यक्षमा सागर थापा रहनुभएको छ। युवा संयोजकमा कमल नयन न्यौपाने चयन हुनुभएको छ।
यसैगरी सक्रिय सदस्यहरूमा चेतन ढुङ्गाना, वेदप्रसाद काफ्ले, पुजा रुचाल, गणेश सापकोटा, प्रकाश शर्मा, विष्णु रिजाल, राम आशिष पण्डित, मिलन सुवेदी, भिम भुषाल, प्रितम सारु मगर, जयराम कोइराला र प्रकाश भण्डारी चयन हुनुभएको छ।
कार्यक्रममा वक्ताहरूले नवगठित कार्यसमितिले पाँच स दक्षिण कोरियालाई धार्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधिमा अझ सक्रिय र प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभएको थियो।






