दक्षिण कोरियामा क्रियाशील नेपाल भलिबल संघ, दक्षिण कोरियाले आफ्नो चौथो अधिवेशन आयोजना गर्ने भएको छ। संघले सार्वजनिक गरेको सूचनाअनुसार अधिवेशन सन् २०२६ जनवरी २५ तारिख (आइतबार) का दिन आयोजना हुन लागेको हो।
अधिवेशन दिनको ठीक १२:०० बजे सुरु हुने जनाइएको छ। कार्यक्रम सुवनस्थित भेटघाट रेस्टुरेन्टको सभा हल मा आयोजना हुनेछ। सो स्थान Train Line No. 1, Suwon Station Gate No. 10 नजिकै रहेको छ।
“स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने मूल नारासहित स्थापना भएको नेपाल भलिबल संघ, दक्षिण कोरियाले अधिवेशनमार्फत हालसम्मका गतिविधिको समीक्षा गर्नुका साथै आगामी कार्ययोजना र नेतृत्व चयनसम्बन्धी विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।
संघले अधिवेशनमा दक्षिण कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणासमेत गरेको छ।
उक्त अधिवेशनको आयोजना नेपाल भलिबल संघ, दक्षिण कोरिया ले गरेको हो।






