सउल, दक्षिण कोरिया — ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको पाँचौँ अधिवेशन आज २०२६ जनवरी ११ तारिखका दिन सउलस्थित नेपाली थाई रेष्टुरेन्टको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।
अधिवेशनमा पूर्वी नेपाल समाजका अध्यक्ष केदार निरौला प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा १४ जिल्ला तथा २ जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, विभिन्न सामाजिक संघ–संस्थाका अगुवा, बुद्धिजीवी, पत्रकार तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस पटकको अधिवेशनलाई अघिल्ला कार्यक्रमभन्दा केही फरक शैलीमा आयोजना गरिएको आयोजक समितिले जनाएको छ। पत्राचारको दायरा सीमित क्षेत्रभित्र केन्द्रित गर्दै नयाँ अभ्यास र कार्यशैलीको थालनी गरिएको भन्दै सहभागीहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए।
कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्षले चौथो कार्यकालमा साथ, सहयोग र सहकार्य गर्नुहुने कार्यसमिति सदस्य, सल्लाहकार, प्रदेशिक, जातीय तथा क्षेत्रीय संस्था, राजनीतिक दल, बुद्धिजीवी, सामाजिक अभियन्ता र पत्रकारहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले कार्यकालका दौरानमा भएका कमी–कमजोरीप्रति क्षमायाचनासमेत गर्नुभयो।
अधिवेशनले डम्बर केदेमको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
नवनिर्वाचित कार्यसमिति यस प्रकार रहेको छः
अध्यक्ष: डम्बर केदेम
बरिष्ठ उपाध्यक्ष: नविन ताम्लिङ
उपाध्यक्षहरू:
– राजन सौदेन
– रुपेश पालुङ्गा
– मनिता राई
महासचिव: आशिष सौदेन
सचिव: दिपक चालिसे
कोषाध्यक्ष: बिर्ख मणि नाल्वो
सह–कोषाध्यक्ष: मनिषा तामाङ
सदस्यहरू:
कविराज ताम्लिङ, भूवन लिङदेन, सन्तोष चोङवाङ, प्रेम केदेम, सुजता केदेम, सोमराज ओख्राबू, नविन केदेम, सन्देश ओख्राबू, चन्द्र प्रसाद भट्टराई, रोहन गुरुङ, गजुर पंधाक र अनिशा सौदेन।
अधिवेशनले ताप्लेजुङवासी नेपालीहरूबीच आपसी एकता, सहयोग र सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै समापन भएको छ।






