पर्वत- पर्वतको मोदी गाउँपालिका वडा नं. ६ डिमुवाको एक परिवारले आफुना बुवाको स्मृतिमा विद्यालयलाई शैक्षिक सामाग्री र स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर मेशिन सहयोग गरेको छ ।
स्वर्गिय डम्वरबहादुर क्षेत्रीको स्मृतिमा १३ औँ दिनको पुण्य तिथिको दिन सोमवार स्थानीय तिलाहार स्वास्थ्य चौकीलाई झण्डै रु. १ लाख मुल्य पर्ने अक्सिजन मेशिन र कुश्मा नगरपालिका वडा नं. ११ छापामा रहेको भगवती प्राथमिक विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरिएको हो ।
अक्सिन मेशिन स्वास्थ्य चौकीका सहयाक इन्चार्ज देवी विक र कार्यालय सहयोगी मुना लामिछानेलाई हन्तान्तरण गरिएको हो । त्यस्तै शैक्षिक सामाग्री विद्यालयका शिक्षक टोलक केसी र कृष्ण गिरी सहित तीन जना विद्यार्थीलाई हस्तान्तरण गरिएको थियो ।
स्वर्गिय डम्वरबहादुर क्षेत्रीको जन्मदिन पारेर विद्यालयमामा शैक्षिक सामाग्री वितरण गर्ने तयारी गरिएको भएपनि अघिल्लो दिनमा अचानक निधन भएपछि जन्मदिनको कार्यक्रम नै स्थगन भएको थियो ।
स्वर्गिय क्षेत्रीको माघ २४ गते निधन भएको थियो । उहाँका दुई छोरा, चार छोरी र श्रीमतीले उक्त सामाग्री संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।
सामाजिक क्षेत्रमा सक्रिय क्षेत्रीको निधनले समाजलाई ठुलो क्षति पुगेको स्मरण गर्दैै उहाँकी छोरी कमला केसीले आगामी दिनमा पनि उहाँको स्मृतिमा विभिन्न कार्यक्रम गर्दै जाने बताउनुभयो । उहाँले देखाएको सत्मार्गमा परिवारका सवै सदस्यहरु लागिरहने भन्दै उहाँको स्मृतिमा विभिन्न सामाजिक क्षेत्रमा रचनात्मक कामहरु गरिने समेत केसीले बताउनुभयो ।